समाचार
देशभर चिसो बढ्यो
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेको जनाएको छ । गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । तापक्रम घटेका कारण चिसो महशुस भएको उनको भनाई छ । हाल पश्चिमबाट हावा चलेको र कहिलेकाही उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने...
प्रहरी सहायक हवल्दार पक्राउ
धनगढी । कैलाली कारागारमा लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवलदार पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी सहायक हवलदार अपिल भाट रहेका छन् । उनलाई असोज ३१ मा धनगढी उपमहानगरपालिका– ७ हुलाकी राजमार्गको मनेहराबाट १३ ग्राम लागूऔषधसहित पक्राउ परेका कैलारी गाउँपालिका ६ बस्ने ३३ वर्षीय यादव कुमार...
देशभर २७२८ जना डेंगु संक्रमित थपिए
काठमाडौं । देशभर थप २ हजार ७२८ जनामा डेंगु संक्रमित थपिएका छन् । यससँगै डेंगु संक्रमितको कसल संख्या ४६ हजार ४१३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, कात्तिक ५ गते देशभर ४३ हजार ६८५ जनामा डेंगु रोग पुष्टि भएकोमा कात्तिक ११ सो सङ्ख्या बढेर ४६...
नेपालमा कोरोना संक्रमितको सक्रिय संख्या ६०५ पुग्यो
काठमाडौं । देशभर थप १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९२४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट गरिएको परीक्षणमा १२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४...
सबैभन्दा खराव कर्जा बृद्धि हुने सूचीको पहिलो नम्वरमा बैंक अफ काठमाण्डू
काठमाडौं । नेपालमा संचालित बाणिज्य बैंकमध्ये सबैभन्दा धेरै खराव कर्जा बृद्धि हुने सूचीको पहिलो नम्वरमा बैंक अफ काठमाण्डू परेको छ । बैंकहरुले प्रकाशित गरेको चालु आवको तीन महिनाको वित्तीय विवरणमा बैंक अफ काठमाण्डूको अवस्था बिग्रेको पाइएको हो । बैंक अफ काठमाण्डूको खराव कर्जा ७४८.२८ प्रतिशतले बृद्धि भई भएको देखिएको...
आसन्न निर्वाचन : उम्मेदवारले बढीमा ३ वटा सम्पर्क कार्यालय खोल्न पाउने
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि राजनीतिक दल तथा उम्मेदवारहरूले ३ वटा सम्पर्क कार्यालय खोल्न पाउने भएको छ । निर्वाचन आयोगले उक्त निर्वाचन प्रयोजनको लागि सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा ७ बुँदे निर्देशन दिएको हो । प्रतिनिधि सभा सदस्य निर्वाचन...
गठबन्धनद्वारा सहमतिका उम्मेदवारको सूची सार्वजनिक
काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहमतिका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । शुक्रबार गठबन्धनका शीर्ष नेताहरुले एक विज्ञप्ति जारी गर्दै उक्त सूची सार्वजनिक गरेधको जानकारी दिए । विज्ञप्तिमा केही स्थानहरुमा मित्रवत प्रतिस्पर्धा गर्नेगरी तय गरिएको र ती स्थानहरुमा एक...
१८ जना जुवाडे प्रहरीको फन्दामा
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–७ स्विजरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यु रिसोर्ट प्रा.लि.भित्र जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १८ जनालाई बिहीबार राति पक्राउ गरेको छ । प्रहरीले सोही नगरपालिका वडा नम्वर ८ बस्ने ३१ वर्षीय सुरेन्द्र बिष्टसहित १८ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई उक्त रिसोर्टमा जुवातास खेलिरहेको भन्ने खबर...
सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु
सुनसरी । सुनसरीमा गएराति छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको इटहरी–१७ पकलीस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश १–०२–०४३ प ९०८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिँदा ठेला चालक इटहरी–१७ का ४५ वर्षीय तेजनारायण साहको मृत्यु भएको जिल्ला...
कांग्रेसको घोषणापत्र शनिबारमात्रै सार्वजनिक हुने
काठमाडौं । नेपाली कांग्रेसको घोषणापत्र शनिबारमात्रै सार्वजनिक हुने भएको छ । तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण दुई पटकसम्म पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि तय गरिएको थियो । तर, आजको कार्यक्रम पनि शनिबार बिहानका लागि सारिएको कांग्रेस पार्टी कार्यालयले...










