समाचार

हेटौंडामा एक जनाको शव फेला

मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहान एक जनाको शव फेला परेको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ सुर्यचोकस्थित एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उक्त शव स्थानीय ४९ वर्षीय शंकरबहादुर थिङको रहेका छन् । थिङको शव...

बरिष्ठ पत्रकार कौशल पाण्डेको निधन

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वसभापति कौशल पाण्डेको निधन भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ स्थित उनको निवासमै निधन भएको हो । लामो समयदेखि कलेजोको क्यान्सरबाट पीडित पाण्डेको बिहीबार साँझ निधन भएको हो । २०५८ सालमा नेपाल पत्रकार महासंघ मकवानपुरको सभापति भएका पाण्डे २००४ साल पुस...

हेटौंडाको टिसिएनस्थित तरकारी बजारमा आगलागी

हेटौंडा । हेटौंडा १० टिसिएनस्थित तरकारी बजारमा आज दिउँसो आगलागी हुँदा ५ वटा तरकारी पसल र एउटा होटलमा पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दिउँसो १२ः ३८ बजेको समयमा भएको आगलागीबाट करिब डेढ करोडभन्दा बढी क्षति भएको आँकलन गरिएको छ । नेपाल फलफूल तथा...

विरोध खतिवडा भन्छन्ः धेरै खरखर नगर्नू, बँदेल खान पाइन्छ तर कानून भन्छः मार्न पाइँदैन दण्डनीय हो

हेटौंडा । पूर्व स्वास्थ्यमन्त्री एवम् प्रतिनिधि सभा क्षेत्र नम्वर– २ का उम्मेदवार विरोध खतिवडाले निकुञ्ज क्षेत्रमा तारबार गर्दा बँदेलको मासु खान नपाइने चिन्ता व्यक्त गरेका छन् । चुनावी प्रचारप्रसार कार्यक्रममा उनले निकुञ्ज क्षेत्रमा तारबार गर्दा बँदेलको मासु खान नपाइने भन्दै भामण गरेपछि उनको भाषणलाई लिएर अनेक टिक्काटिप्पणी भइरहेको छ...

रोल्पामा जीप दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौँ । रोल्पाको सुलिचौरमा भएको बस दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । लिवाङ–भालुवाङ सडक खण्ड अन्तर्गत सुनीलस्मृति गाउँपालिका–४ सेवाकेन्द्र भन्ने ठाउँबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जीप सडकबट १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दाङ घोराही उपमहानगरपालिका– ६ का...

हेटौंडामा बसको ठक्करबाट गोलेको मृत्यु

हेटौंडा । धरानचतरा सडकखण्ड अन्तगत पर्ने हेटौंडा १७ कठायत चोकस्थित खण्डमा यात्रुबाहक बसले पैदलयात्रुलाई ठक्कर दिँसा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका ४२ वर्षीय सोम गोलेको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । बसको ठक्करबाट घाइते भएको...

यस्तो छ आजको मौसम

काठमाडौँ । नेपालमा आज पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार बिहान देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतः सफा रहेको छ । यस्तै दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली...

आज भाइटीका, शुभ साइत ११:३७ बजे

हेटौंडा । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका लगाएर मनाइँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने प्रचलन रहेको छ । आजको दिनलाई यमद्वितीया...

‘संगीतमार्फत् समाजलाई जागृत गराउन खोजेका हौँ’

मकवानपुर । नेपाली सांगीतिक क्षेत्रमा झण्डै तीन दशकको अनुभव संगालेका घनश्याम ढकालले स्वदेश गीत ‘जाग जाग’ बजारमा ल्याएका छन् । लक्ष्मी पुजाको दिन पारी सो गीत वनएमबी प्लस नामक युट्यूब च्यानलमार्फत् सार्वजनिक गरिएको छ । २०५१ सालबाट सांगितिक क्षेत्रमा औपचारिक प्रवेश गरेका ढकालको संगीतप्रतिको मोह आज पनि उस्तै छ...

आज खण्डग्रास सूर्यग्रहणः के गर्ने, के नगर्ने ?

मकवानपुर । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी...