हेटौंडामा एक जनाको शव फेला

तु खबर संवाददाता
२०७९ कार्तिक ११, शुक्रबार १४:०८

मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहान एक जनाको शव फेला परेको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ सुर्यचोकस्थित एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उक्त शव स्थानीय ४९ वर्षीय शंकरबहादुर थिङको रहेका छन् । थिङको शव आफु सुत्ने कोठामा झुण्डिएको अवस्थानमा फेला परेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उनका अनुसार, मृतक थिङको शव मुचुल्का उठाई पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा पठाइएको छ ।