समाचार
कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन
काठमाडौं । आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको हो । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आइतबार...
आजदेखि सार्वजनिक विदा
काठमाडौं । आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक विदा सुरु भएको छ । अब सरकारी सेवा कात्तिक १४ गते मात्र सुरु हुनेछ । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार, आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार विदा छ । कात्तिक १३ मा छठ पर्वको विदा छ । सार्वजनिक...
हेटौंडाका मगर मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ प्रगती टोलमा एक जनाको शव फेला परेको छ । उक्त शव स्थानीय ३९ वर्षीय भिमसेन आले मगरको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपु्रले जनाएको छ । प्रहरीका अनुसार, उनको शव आइतबार दिउँसो २ बजेको समयमा आफ्नै घरको बलोमा सलको पासो लगाई झुण्डिएको...
सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । नाबालिगमाथि जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न आइतबार अदालतसँग अनुमति मागेको थियो । यससँगै अदालतले उनलाई दुई दिन हिरासतमा राख्न अनुमति...
नेकपा एमालेको घोषणापत्र कात्तिक १५ गते आउने
काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रेदश सभा निर्वाचनको घोषणापत्र तिहार र लगत्तै परेको छट पर्वपछि मात्रै सार्वजनिक गर्ने भएको छ । एमालेको घोषणापत्रको मस्यौदा तयार भएपनि त्यसलाई अन्तिम रुप दिन समय लाग्ने भएकाले एमालेले तिहार र छठ पर्वपछि मात्रै घोषणापत्र सार्वजनिक गर्ने...
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो
काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार बजार परिसूचक नेप्से १४.३५ अंक (०.७८ प्रतिशत) ले वृद्धि भएर १८५८.४९ अंकमा बन्द भएको हो । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.८८ अंकले बढेर ३६५.९३ अंकमा बन्द भएको छ ।...
थाहा नगरमा लोकतान्त्रिक बाम गठबन्धनको बृहत भेला
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको लोकतान्त्रिक बाम गठबन्धनले मकवानपुरको थाहा नगरपालिकामा बृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ । आइतबार थाहा नगरपालिकामा गठबन्धन दलतर्फका सबै उम्मेदवारको सहभागितामा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको हो । कार्यक्रममा...
बबई नदीमा बेपत्ता दुई किशोरीको शव फेला
दाङ । दाङमा बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरीको शव फेला परेको छ । शनिबार बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनीहरुको शव आइतबार दिउँसो साढे ३ बजे प्रहरी र स्थानीय बासिन्दाको टोलीले फेला पारेका हुन् । उक्त शव दंगीशरण गाउँपालिका–२ का १४ वर्षीया रमा...
कांग्रेसले घोषणापत्र सोमबार मात्रै सार्वजनिक हुने
काठमाडौं । नेपाली कांग्रेसको चुनावी घोषणापत्र सोमबार मात्रै सार्वजनिक हुने भएको छ । यसअघि आइतबार नै सार्वजनिक गर्ने तयारी गरे पनि सोमबार विहान साढे १० बजेका लागि सारिएको घोषणापत्र तयारी समितिका संयोजक तथा कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए । आइतबार सुदूरपश्चिम र कर्णालीमा सत्तारुढ गठबन्धनको कार्यक्रममा सहभागी हुन...
मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ
पाल्पा । पाल्पामा मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तानसेनका २६ वर्षीय सुरज नेपाली रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार, उनले कात्तिक १ गते तानसेनबाट लु ८ प ६५८२ नम्बरको मोटरसाइकल चोरेका थिए । उक्त मोटरसाइकल शनिबार बुटवलको बसपार्कमा भोटेपछि...










