समाचार
आज गाई तिहार
मकवानपुर । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय...
‘जाग जाग’ बोलको स्वदेश गीत सार्वजनिक (भिडियोसहित)
हेटौंडा । वरिष्ठ संगीतकार स्वर्गीय भोला जोशीको ‘जाग जाग’ बोलको स्वदेश गीत सार्वजनिक गरिएको छ । सो गीतको म्यूजिक भिडियो आज वनएमबी प्लस युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । शम्भुप्रसाद बाँस्कोटाको शब्दमा रहेको उक्त गीतमा गायक तथा संगीतकार घनश्याम ढकाल, गायक तथा पत्रकार बलराम पुडासैनी, पुस्कर नेपाल, युवराज लामा,...
मकवानपुरमा आगलागीबाट ७५ लाख बराबरको क्षति
मकवानपुर । मकवानपुरको थाहानगरपालिकामा गएराति आगलागी हुँदा ७५ लाख बराबरको धनजनको क्षति भएको छ । जिल्लाको थाहानगरपालिका वडा नम्वर ६ बज्रबाराहीमा स्थानीय मेघबहादुर बलामीको घर जलेर नष्ट हुँदा ७५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, गएराति विद्युत सट भई लत्ताकपडा, गरहना, सोही...
हेटौंडाका युवक प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ कालापनी बस्ने २५ वर्षीय सुरज पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पाख्रिनलाई लागूऔषध डाईजोपम ७ पिस, नोरफिन ७ पिस र फेनरगन ७...
मनहरी–२ नकआउट फुटबल अन्तरगत आज दुई खेल हुँदै
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा जारी टोलस्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तरगत आज दुई वटा सेमिफाइन खेल हुँदैछ । शुभ दिपावली एवम् छठ पर्वको अवसरमा जनशक्ति उपभोक्ता समूह, मनहरी–२ घट्टेपाखाले आयोजना गरेको उक्त प्रतियोगिताको आज दुई खेल हुने भएको हो । आज दिउँसो २ बजेदेखि सुरु...
कांग्रेसको संकल्प पत्र सार्वजनिक अनिश्चित
काठमाडौं । नेपाली कांग्रेसको संकल्प पत्र सार्वजनिक कार्यक्रम अनिश्चित बनेको छ । आज सोमबारका लागि तय गरिएको कार्यक्रम स्थगित भएसँगै संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम अनिश्चित बनेको हो । आजका लागि तय भएको कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए । प्रतिनिधि...
विष सेवनबाट मकवानपुरकी थिङको मृत्यु
मकवानपुर । मकवानपुरको बकैयामा विष सेवनबाट एक जनाको मृत्यु भएको छ । आइतबार जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ३ दोभानचौर बस्ने ४६ वर्षीया निरमाया थिङको विष सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, थिङले आफ्नै घरमा तरकारीमा छर्न ल्याएको एल्युमिनियम फस्फाइड सेल्फोस नामक विषादी...
मकवानपुर प्रहरीद्वारा अवैध काठ बरामद
मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ७ चिसापानी खोल्सी कालापानी पादा अन्तरेडाँडास्थित राष्ट्रिय वनबाट बेबारिसे अवस्थामा राखिएको अवैध काठ बरामद गरेको छ । आइतबार विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले छुकाइछिपाई राखेको ७७ थान (४३.४१ क्युफिट) सालको चिरान काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...
‘झुट र भ्रमको खेती गर्न ओली महानायक’
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्वर २ को (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका तर्फका उम्मेदवार इन्द्रबहादुर बानियाँले नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली झुठ र भ्रमको राजनीति गरिरहेको भन्दै आलोचना गरेका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा आइतबार गठबन्धन दलले आयोजना गरेको अगुवा...
ओलीले आफ्नो निरंकुशता लाद्न संविधानमाथि प्रहार गरे : डीना
मकवानपुर । नेपाली कांग्रेसको केन्द्रिय सह–महामन्त्री तथा मकवानपुर निर्वाचन क्षेत्र नम्वर १ मा सत्तारुढ गठबन्धनबाट प्रतिनिधि सभाको उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले केपी ओलीले आफ्नो निरंकुशता लाद्न संविधानमाथि प्रहार गरेको आरोप लगाएकी छन् । सत्तारुढ गठबन्धले आइतबार बागमती गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्...









