मकवानपुरमा आगलागीबाट ७५ लाख बराबरको क्षति
मकवानपुर । मकवानपुरको थाहानगरपालिकामा गएराति आगलागी हुँदा ७५ लाख बराबरको धनजनको क्षति भएको छ । जिल्लाको थाहानगरपालिका वडा नम्वर ६ बज्रबाराहीमा स्थानीय मेघबहादुर बलामीको घर जलेर नष्ट हुँदा ७५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, गएराति विद्युत सट भई लत्ताकपडा, गरहना, सोही घरमा रहेको पसलको विद्युतीय उपकरण (कम्प्युटर/टेलिभिजन) लगायत जलेर नष्ट हुँदा उक्त रकम बराबरको क्षति भएको हो
उक्त आगलागी मानवीय र पशुपंक्षीको क्षति नभएको पालुङ प्रहरीले जनाएको छ । आगो थाहानगरपालिकाको दमकल, पालुङ प्रहरी र स्थानीय बासिन्दाहरुले करिब २ घण्टापश्चात नियन्त्रणमा लिएको थियो ।
