मनहरी–२ नकआउट फुटबल अन्तरगत आज दुई खेल हुँदै

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा जारी टोलस्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तरगत आज दुई वटा सेमिफाइन खेल हुँदैछ । शुभ दिपावली एवम् छठ पर्वको अवसरमा जनशक्ति उपभोक्ता समूह, मनहरी–२ घट्टेपाखाले आयोजना गरेको उक्त प्रतियोगिताको आज दुई खेल हुने भएको हो ।
आज दिउँसो २ बजेदेखि सुरु हुने पहिलो खेल सृजनशिल युवा क्लब (बी) र स्याङ्बो टोलबीच प्रतिस्प्रर्धा हुने भएको छ भने ३ः३० बाट सुरु हुने दोस्रो खेल जनशक्ति उपभोक्ता समुह र सृजनशिल युवा क्लब (ए) बीच प्रतिस्प्रर्धा हुने उपभोक्ता समूहका सचिव आत्मराम रुम्बाले जानकारी दिए ।
गत बिहीबारबाट स्थानीय त्रिरत्न प्राथामिक विद्यालयको खेल मैदानमा संचालन भएको उक्त प्रतियोगिताको आइतबार भएको पहिलो खेलमा सृजनशिल युवा क्लबले जुनतारा युवा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
यस्तै, हिजो नै भएको दोस्रो खेलमा सृजनशिल युवा क्लब (ए) ले बुद्ध युवा क्लब (ए) लाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
मंगलबारसम्म संचालन हुने उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितीय हुने टिमलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।
साथै प्रतियोगिता समापनको दिन साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको जनाएको छ ।