मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ
पाल्पा । पाल्पामा मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तानसेनका २६ वर्षीय सुरज नेपाली रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार, उनले कात्तिक १ गते तानसेनबाट लु ८ प ६५८२ नम्बरको मोटरसाइकल चोरेका थिए । उक्त मोटरसाइकल शनिबार बुटवलको बसपार्कमा भोटेपछि नेपाल पक्राउ परेका हुन् । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
