हेटौंडाका मगर मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ कार्तिक ६, आईतवार १८:११

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ प्रगती टोलमा एक जनाको शव फेला परेको छ । उक्त शव स्थानीय ३९ वर्षीय भिमसेन आले मगरको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपु्रले जनाएको छ ।

प्रहरीका अनुसार, उनको शव आइतबार दिउँसो २ बजेको समयमा आफ्नै घरको बलोमा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको हो । उनको शव हेटौंडा अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।