समाचार

मोटरसाइकल दुर्घटना हुँदा बस्नेतको मृत्यु

काठमाडौं । तुलसीपुरको मदनआश्रित चोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मजगैं निवासी २४ वर्षका रवि बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार, गएराति पौने ९ बजे तुलसीपुर उपमहानगरपालिका – ६ को मदनआश्रित चोक नजिकै अनियन्त्रित भएर...

मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार नाघ्यो

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार नाघेको छ । जिल्लामा गत साउन महिनादेखि शुक्रबारसम्ममा ५ हजार २४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा २ हजार ७९० जना पुरुष र २ हजार २३४ जना पुरुष गरी ५ हजार २४...

दलहरुको प्राथमिकतामा परेन हेटौंडामा एयरपोर्ट बनाउने एजेण्डा

हेटौंडा । हेटौंडा अब एउटा जिल्ला केन्द्रीत शहर मात्रै रहेन । बागमती प्रदेशको राजधानीसँगै देशकै सामरिक महत्वको शहर बनिसकेको छ । फास्टट्रयाकको नजिकको शहर, विशाल व्यापारिक केन्द्र चितवन र वीरगञ्जलाई समेत जोड्ने प्रमुख व्यापारिक केन्द्रको रुपमा हेटौंडाको उदय भइसकेको छ । तर, अहिलेसम्म आन्तरिक विमानस्थल समेत नहुँदा आपतकालिन उद्धार...

कांग्रेसको घोषणापत्र आज सार्वजनिक हुँदै

काठमाडौं । नेपाली कांग्रेसको घोषणापत्र आज सार्वजनिक हुने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको घोषणापत्र आज सार्वजनिक गर्न लागिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण दुई...

खुकुरी प्रहार गरी एक युवकको हत्या

चितवन । चितवनको माडी नगरपालिका–४ घोसरीमा शुक्रबार राति एक व्यक्तिले खुकुरी प्रहार गरी एक युवकको हत्या गरेका छन् । खुकुरी प्रहारबाट अन्दाजी ३३ वर्षीय जीवन नेपालीको हत्या भएको प्रहरीले जनाएको छ । सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि एक व्यक्तिले आफ्नै साथीको खुकुरी प्रहार गरी हत्या गरेको...

दुर्घटनामा परेर हेटौंडाकी मगरको मृत्यु

वीरगञ्ज । बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा हेटौंडाकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ हटियाकी ४५ वर्षीया होमा थापा मगर रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा हेटौंडातर्फ आउँदै गरेको गरेको बागमती प्रदेश–०३–०४ प...

दुर्घटनामा परेर तीन जनाको मृत्यु

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्वरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु...

आज छठ पर्वको दोस्रो दिन ‘खरना’

काठमाडौं । आज छठ पर्वको दोस्रो दिन, खरना गरी मनाइँदै छ । छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ । यस दिन ब्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ । शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ दुबै विधिलाई पूरा गरेका ब्रतालुले कार्तिक शुक्ल पञ्चमीका दिन शनिबार दिउँसो...

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना...

जसपाको घोषणपत्र छठ सकिएपछि मात्रै सार्वजनिक गरिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निवार्चनको घोषणापत्र छठ सकिएपछि मात्रै सार्वजनिक गरिने भएको छ । आगामी निर्वाचनलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीतिसहित पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ । जसपाका प्रवक्ता मनिस सुमनका अनुसार, निर्वाचनका लागि संघीयता,...