दुर्घटनामा परेर तीन जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक १२, शनिबार ०८:०४
File Photo

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्वरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा मोरङ बूढीगङ्गा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको सुनसरी प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार तीन जना गम्भीर घाईते भएका थिए । गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको जनाइएको छ ।