समाचार
कांग्रेसको घोषणापत्रः सुत्केरी भत्ता ५ हजार पुर्याइने, ६५ वर्षमै बृद्ध भत्ता
काठमाडौँ । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा सुत्केरी भत्ता ५ हजार रुपैँया पुर्याउने कांग्रेसले उल्लेख गरेको छ । शनिबार सार्वजनिक चुनावी घोषणापत्रमा बृहत् लक्ष्य नाम दिएर कोखदेखि शोकसम्मका विभिन्न कार्यक्रमहरु ल्याउने उल्लेख छ । जहाँ सुत्केरी...
मकवानपुरका स्याङ्तान गम्भीर घाइते
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा शुक्रबार राति कुटपिटबाट एक जना गम्भीर घाइते भएका छन् । कुटपिटबाट थाहा नगरपालिका–१२ झाप्रेका ४७ वर्षीय जितबहादुर स्याङ्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, स्थानीय ३२ वर्षीय सोम गोलेले कुटपिट गर्दा...
हेटौंडाबाट १८ जुवाडे पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले शुक्रबार राति १८ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चौघडास्थित धुर्ब राईको घरमा जुवा खेलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । कौडा खेल्ने, च्याखे थाप्ने, हेर्ने १७ जना पुरुष र घरबेटी...
छठ पर्वः राप्तीतटमा झकिझकाउ
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१ स्थित राप्तीतटमा छठ पर्वको लागि आवश्यक तयारी सम्पन्न भएको छठ पुजा व्यवस्थापन समितिका सचिव नन्दलाल दासले जानकारी दिएका छन् । छठ पर्व मनाउन हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको उपस्थिति रहने भएकाले राप्तीतटमा आवश्यक व्यवस्थापन मिलाइएको दासले बताए । भक्तजनहरुलाई पानी तथा सीतबाट जोगाउन पाल...
छठ पर्वमा रानीपोखरी नखुल्ने
काठमाडौँ । यस वर्ष छठ पर्वमा रानीपोखरी खुला नगरिने भएको छ । काठमाडौँ महानगरपालिकाले छठका लागि रानीपोखरी नखोल्ने निर्णय गरेको हो । रानीपोखरी तीन चरणमा बनिसकेपनि दुई चरणमा बनेको संरचना महानगरलाई पुर्ननिर्माण प्राधिकरणले हस्तान्तरण गरिसकेको छैन । छठ मनाउने क्रममा पोखरीभित्र छिर्नुपर्छ । पानी पाँच फिट भएको र पोखरीमा...
हेर्नुहोस् कांग्रेसको घोषणापत्रको पूर्णपाठ
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र शनिवार सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरूले घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार,...
कांग्रेसको घोषणापत्र सार्वजनिकः १२ लाखलाई नयाँ रोजगारी दिइने
काठमाडौँ । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि शनिबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेसले आगामी पाँच वर्षमा साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ । त्यस्तै सूचनाप्रविधि, उद्योग, पर्यटन, निर्माण यातायातलगायतका क्षेत्रमा वार्षिक साढे २ लाख...
कालीकोटमा बम विस्फोट, २ बालिकाको मृत्यु
काठमाडौँ । कालीकोटको तिलागुफा नगरपालिका वडा नम्वर १० रानावाडामा भएको बम विस्फोटमा परी २ जना बालिकाको मृत्यु भएको छ । विस्फोटमा परी अन्य ३ जनाम घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला...
परिवार दलका अध्यक्ष ढकालले दिए छठ पर्वको शुभकामना
काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले छठ पर्व २०७९ को अवसरमा देश तथा विदेशमा रहेका नेपालीहरुमा शुख, शान्ति एवम् समृद्धिको शुभकामना दिएका छन् । अध्यक्ष ढकालले शुभकामना सन्देश जारी गर्दै छठ पर्वले सत्य र अहिंसाप्रति मानवको रुची बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने...
कालिकोटमा भीरबाट लडेर एकको ज्यान गयो
कालिकोट । कालिकोटमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । भीरबाट लडेर तिलागुफा नगरपालिका–७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, महावै गाउँपालिका–५ राम्नीमा रहेको छोरीको घरबाट फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको ज्यान गएको हो ।






