मकवानपुरका स्याङ्तान गम्भीर घाइते
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा शुक्रबार राति कुटपिटबाट एक जना गम्भीर घाइते भएका छन् । कुटपिटबाट थाहा नगरपालिका–१२ झाप्रेका ४७ वर्षीय जितबहादुर स्याङ्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, स्थानीय ३२ वर्षीय सोम गोलेले कुटपिट गर्दा स्याङ्तान घाइते भएका हुन् । उनीहरुबीच झै–झगडा हुँदा कुटपिट भएको थियो ।
घाइते स्याङ्तानको टाउको र आँखामा चोट लागेको छ । उनको ट्रमा सेन्टर काठमाडौं उपचार भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । कुटपिट गर्ने गोले भने हाल फरार छन् । उनको खोजी कार्य हुनुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
