समाचार
घट्यो सुनको मूल्य, कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि बन्द भएको सुनको कारोबार १ हजारले घट्दै सुरु भएको जानकारी दिएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा...
बैतडीको ३१ मतदान केन्द्र अतिसंवेदनशील
काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बैतडीका ३१ मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ । कूल १ सय २९ मतदानस्थलमध्ये ३१ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो । सुरक्षा दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रशासन...
हेटौंडा ४ मा गठबन्धनको चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन
मकवानपुर । लोकतान्त्रिक बाम गठबन्धनको हेटौंडा–४ मा मकवानपुर क्षेत्र नम्वर १ र प्रदेशसभा १ (ख) को चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरिएको छ । सोही अवसरमा अगुवा कार्यकर्ता भेटघाट गरी चुनावलक्षित छलफल गरिएको छ । लोकतान्त्रिक बाम गठबन्धन हेटौंडा–४ का संयोजक हरिप्रसाद पौडेलको सभाध्यक्षता तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य...
८ जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न
काठमाडौं । निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका ८ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्रीहरू आयोगबाट दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको छ । यसक्रममा गण्डकी प्रदेशको मनाङ...
लमजुङ कारागारमा एक कैदीको मृत्यु
लमजुङ । जिल्ला कारागार लमजुङमा शनिबार राति एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दुधपोखरी गाउँपालिका १ का बर्ष अन्दाजी ३६ वर्षीय रोहनराज धिताल रहेका छन । राती २ बजे कारागारमा अचानक बेहोस् भएकाले उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला कारागार लमजुङmे जनाएको छ । ०७८ बैशाख...
नवलपुर दुर्घटना अपडेट : मृतक सबैको सनाखत
नवलपरासी । नवलपरासी पूर्व नवलपुरमा आज बिहानै बस दुर्घटना हुँदा मृत्यु भएका सबै जनाको सनाखत भएको छ । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्वरको बस दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको सनाखत भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा क्रमशः रम्भा गाउँपालिका–१ का...
दक्षिण कोरियामा भाडदौड गर्दा १४९ जनाको मृत्यु
कोरिया । दक्षिण कोरियामा हेल्लोविन फेस्टिभल मनाउने क्रममा भागदौड गर्दा १४९ जनाको मृत्यु भएको छ । शनिबार राती योङसान शहरमा भीड भागदौड हुँदा २ जना विदेशीसहित १४९ जनाको मृत्यु भएको हो । मृत्यु भएका १४९ जनामध्ये १०१ जनालाई अस्पतालमा सारिएको थियो । बाँकी शवहरूलाई नजिकैको बहुउद्देश्यीय इनडोर व्यायामशालामा सारिएको...
छठ पर्वले सांस्कृतिक एकताको भावना वृद्धि गरेको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले विज्ञप्तिमार्फत छठ पर्वको शुभकामना दिएका हुन् । यस पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्नसमेत मद्दत पुगेको उनले बताए । प्रधानमन्त्री देउवाले छठ नेपाली समाजमा शान्ति,...
छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छन् । राष्ट्रपति भण्डारीले एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएकी हुन् । उनले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीमा...
उपलब्धि जोगाउन एमालेलाई परास्त गर्नुपर्ने : खतिवडा
मकवानपुर । नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य एवम् मकवानपुर क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बिरोध खतिवडाले एमालेले नेतृत्व गरेको प्रतिगमनकारी गठबन्धनलाई परास्त गर्नुपर्ने बताएका छन् । शनिबार मकवानपुरगढी गाउँपालिका वडा नम्वर ८ बुढिचौरमा बाम लोकतान्त्रिक संयुक्त गठबन्धनको निर्वाचन परिचालन सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उनले सो...









