समाचार
हेटौंडामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
मकवानपुर । छठ पर्वको मुख्य दिन आज मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ राप्ती तडमा ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएका छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व आज बिहानै स्नान गरी निराहार ब्रत बसेका ब्रतालुले पानीमा उभिएर शुद्धता र...
मधेस प्रदेशमा सोमबार पनि सार्वजनिक विदा
वीरगञ्ज । मधेस प्रदेश सरकारले सोमबार पनि सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी दिएको हो । संघीय सरकारले छठको मुख्य दिन अर्थात कात्तिक शुक्ल षष्ठीमा पर्ने ‘सझिया घाटे’को दिन मात्रै सार्वजनिक विदा...
चुरा गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु
बाँके । बाँकेमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको नेपालगंज उपमहानगरपालिका–५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आर्इतबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बर्दिया मधुवन नगरपालिका–८ बस्ने २३ वर्षीय समिर वली रहेका छन् । वली आगो...
देशभर २० जना कोरोना संक्रमित थपिए
काठमाडौं । देशभर २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ८४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोही अवधिमा ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन...
संविधान र व्यवस्था रक्षाको लागि गठबन्धन हो : नेता बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् मकवानपुर क्षेत्र नम्वर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले संविधान, व्यवस्था र प्राप्त उपलब्धी रक्षाको लागि लोकतान्त्रिक बाम गठबन्धन निर्माण भएको बताएका छन् । आईतबार लोकतान्त्रिक बाम गठबन्धनको मनहरी गाउँपालिका, हेटौंडा–३ र १९ का अगुवा कार्यकर्ता भेलामा बोल्दै...
हेटौंडामा एयरपोर्टः के भन्छन् उम्मेदवारहरु ?
हेटौंडा । बागमती प्रदेशको राजधानी र देशकै सामरिक महत्वको शहर बनिसकेको हेटौंडामा आन्तरिक विमानस्थल बन्न सकेको छैन । फास्टट्रयाकको नजिकको शहर, विशाल व्यापारिक केन्द्र चितवन र वीरगंजलाई समेत जोड्ने प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको हेटौंडामा अहिलेसम्म आन्तरिक विमानस्थल नहुँदा आपतकालिन उद्धार तथा राजधानी र अन्य शहरसँगको कनेक्टीभिटीमा समस्या भइरहेको...
माओवादीको घोषणापत्र सोमबार सार्वजनिक हुने
काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तयार पारेको घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्ययका अनुसार, उक्त घोषणापत्र सोमबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक गरिने भएको हो । माओवादीले वरिष्ठ उपाध्यक्ष...
भारतबाट ३० हजार मेट्रिक टन मल आउँदै
काठमाडौं । भारतबाट ३० हजार मेट्रिक टन रासायनिक मल आउने भएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडका महाप्रबन्धक राजेन्द्र कार्कीका अनुसार, अबको ३ साताभित्र भारतबाट ३० हजार मेट्रिक टन युरिया मल आउने भएको हो । नेपाल सरकार र भारत सरकारबीच भएको जीटूजी सम्झौताअनुसार, उक्त परिमाणको युरिया मल आयात हुने...
जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं । ललितपुरको ग्वार्कोमा शनिबार साँझ स्कोरपियो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । हाल नम्बर खुल्न नसकेको निलो रङको स्कोरपियो जिपले ठक्कर दिँदा अन्दाजी २६ वर्षीया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा हिजो...
सोमालियामा बम विस्फोटः सय जनाको मृत्यु, तीनसय घाइते
काठमाडौँ । सोमालियामा कार बम विस्फोट हुँदा १ सय भन्दा बढीले ज्यान गुमाएका छन् । घटनामा ३ सय जना घाइते भएको त्यहाँका सोमालियाका सञ्चारमाध्ययमहरुले जनाएका छन् । सोमालियाको राजधानी मोगदिसुस्थित शिक्षा मन्त्रालय रहेको स्थानमा शनिबार राति बम विस्फोट भएको हो । घटनाको जिम्मेवारी हालसम्मै कसैले पनि लिएको छैन ।...









