चुरा गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक १३, आईतवार १६:४२
सांकेतिक तस्वीर

बाँके । बाँकेमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको नेपालगंज उपमहानगरपालिका–५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आर्इतबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बर्दिया मधुवन नगरपालिका–८ बस्ने २३ वर्षीय समिर वली रहेका छन् । वली आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि भेरी अस्पताल नेपालगन्ज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

आगलागीबाट भएको क्षतिको विवरण हाल नखुलेको प्रहरीले जनाएको छ ।