भारतबाट ३० हजार मेट्रिक टन मल आउँदै

तु खबर संवाददाता
२०७९ कार्तिक १३,आईतवार १५:२६
file-photo

काठमाडौं । भारतबाट ३० हजार मेट्रिक टन रासायनिक मल आउने भएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडका महाप्रबन्धक राजेन्द्र कार्कीका अनुसार, अबको ३ साताभित्र भारतबाट ३० हजार मेट्रिक टन युरिया मल आउने भएको हो ।

नेपाल सरकार र भारत सरकारबीच भएको जीटूजी सम्झौताअनुसार, उक्त परिमाणको युरिया मल आयात हुने भएको हो । कार्कीले जीटूजीमार्फत आउन लागेको मलले गहुँ, उखु र मकैको खेतीमा प्रयोग हुने जानकारी दिए ।

नेपालमा मल ल्याउनका लागि भारततर्फको सरकारी राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीले जिम्मेवारी पाएको छ । यो कम्पनीले अबको १ महिना भित्रमा भारतबाट नेपालको बोर्डरदेखि २५ किलोमिटर भित्रसम्म रहेका गोदामसम्म मल ल्याइदिने छ ।