परिवार दलका अध्यक्ष ढकालले दिए छठ पर्वको शुभकामना

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले छठ पर्व २०७९ को अवसरमा देश तथा विदेशमा रहेका नेपालीहरुमा शुख, शान्ति एवम् समृद्धिको शुभकामना दिएका छन् ।
अध्यक्ष ढकालले शुभकामना सन्देश जारी गर्दै छठ पर्वले सत्य र अहिंसाप्रति मानवको रुची बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने उल्लेख गर्दै यस पर्वले पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पुरा हुने विश्वास व्यक्त गरे ।
उनले छठ लगायतका विभिन्न पर्वहरुले नेपालीबीच स्नेह, प्रेम तथा सामाजिक सद्भाव अभिप्रेरित हुनुका साथै सम्पूर्ण नेपालीबीच एकताको भावना विकास हुँदै जाने विश्वास व्यक्त गरे ।
उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा व्यापक जनसहभागिताका साथ स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैले आ–आफ्नो तर्फबाट पहल गर्न अपिल गरे ।
उनले निर्वाचनमा जसले जिते पनि राष्ट्रकै जित हुने भन्दै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउन सबैलाई आग्रह गरे ।