नेपालमा कोरोना संक्रमितको सक्रिय संख्या ६०५ पुग्यो

तु खबर संवाददाता
२०७९ कार्तिक ११, शुक्रबार १६:२४
file-photo

काठमाडौं । देशभर थप १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९२४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट गरिएको परीक्षणमा १२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, सोही अवधिमा २९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।

योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ५ पुगेको छ । पछिल्लो २४ घण्टाको खोपको विवरण भने उल्लेख गरिएको छैन । नेपालमा कोरोना महामारीमा १२ हजार १९ जनाको मृत्यु भइसकेको जनाइएको छ ।