देशभर २७२८ जना डेंगु संक्रमित थपिए
काठमाडौं । देशभर थप २ हजार ७२८ जनामा डेंगु संक्रमित थपिएका छन् । यससँगै डेंगु संक्रमितको कसल संख्या ४६ हजार ४१३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, कात्तिक ५ गते देशभर ४३ हजार ६८५ जनामा डेंगु रोग पुष्टि भएकोमा कात्तिक ११ सो सङ्ख्या बढेर ४६ हजार ४१३ पुगेको हो ।
गत साउन महिनादेखि फैलिएको डेंगु रोगको प्रकोप देशका ७७ जिल्लामा फैलिसकेको छ । हालसम्म डेंगु रोगका कारण देशभर ५२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
