आसन्न निर्वाचन : उम्मेदवारले बढीमा ३ वटा सम्पर्क कार्यालय खोल्न पाउने

तु खबर संवाददाता
२०७९ कार्तिक ११, शुक्रबार १५:२८

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि राजनीतिक दल तथा उम्मेदवारहरूले ३ वटा सम्पर्क कार्यालय खोल्न पाउने भएको छ । निर्वाचन आयोगले उक्त निर्वाचन प्रयोजनको लागि सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा ७ बुँदे निर्देशन दिएको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेटने गरी बढीमा तीन वटा सम्पर्क कार्यालय खोल्न सक्ने आयोगले जनाएको छ ।

प्रदेश सभा सदस्य पदको उम्मेदवारले एउटा सम्पर्क कार्यालय खोल्न सक्ने तथा प्रदेश सभा र प्रतिनिधि सभाका समानुपातिक तर्फको उम्मेद्वारले निर्वाचन क्षेत्रमा एउटा सम्पर्क कार्यालय खोल्न सक्ने जनाइएको छ ।