१८ जना जुवाडे प्रहरीको फन्दामा
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–७ स्विजरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यु रिसोर्ट प्रा.लि.भित्र जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १८ जनालाई बिहीबार राति पक्राउ गरेको छ । प्रहरीले सोही नगरपालिका वडा नम्वर ८ बस्ने ३१ वर्षीय सुरेन्द्र बिष्टसहित १८ जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई उक्त रिसोर्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले नगद ३ लाख ८२ हजार ५ सय ९५ रूपैयाँ, १५ बुक तास र १६ थान कौडासहित पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धन भइरहेको जनाएको छ ।
