समाचार

कांग्रेसद्वारा ७४ जना बागी उम्मेदवारलाई कारबाही

काठमाडौं । नेपाली कांग्रेसले पार्टी र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ७४ नेतालाई कारबाही गरेको छ । मंगलबार पार्टीको अनुशासन आयोगले विज्ञप्ति जारी गर्दै पार्टी र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने नेता तथा कार्यकर्तालाई कारबाही गरेको जानकारी गराएको हो । आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले जारी गरेको विज्ञप्तिमा...

जग्गा व्यवसायीहरुले हेटौंडा उपमहानगरको सेवा प्रवाहमा अवरोध गरे पक्राउ गर्छौँ: सीडिओ पाण्डे

हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सीडिओ) राजेन्द्रदेव पाण्डेले हेटौंडा उपमहानगरपालिकालाई अनुचित दबाब दिने जग्गा व्यवसायीहरुको समूहलाई कानून बमोजिम कारबाही गर्ने बताएका छन् । तु खबरसँग कुराकानी गर्दै पाण्डेले भने, ‘हेटौंडा उपमहानगरमा जग्गा व्यवसायीहरुले अनुचित दबाब दिने र उपमहानगरबाट प्रवाह हुने अन्य सेवामा अवरोध गरिरहेको विषयमा गुनासो आएको छ...

दुर्घटनामा परेर ३ जनाको मृत्यु, १२ जना घाइते

प्युठान । प्युठानमा गएराति जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीय महिमा घर्ती रहेका छन् । गएराति करिब १ बजेतिर प्युठान नगरपालिका–५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा बिजुवारबाट...

लागूऔषधसहित एक जना पक्राउ

रौतहट । रौतहटबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट चन्द्रनिगाहपुर वडा नम्वर ६ गुम्बाटोल बस्ने ३२ वर्षीय करण राई रहेका छन् । उनलाई प्रहरी कार्यालय चन्द्रनिगाहपुर र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले रौतहट चन्द्रपुर नगरपालिका वडा नम्वर ४ स्थितमा संजय...

आज यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । बुधबार सुदूर–पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी...

गएराति गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु

डोटी । डोटीमा केन्द्रविन्दु भएर गएराति गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । अन्य पाँच जना भने घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मंगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको...

प्रतिगमनविरुद्ध लड्ने दिन मंसिर ४ : डीना

मकवानपुर । मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवम् नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीनाले प्रतिगमनविरुद्ध लड्ने दिन आएको बताएकी छन् । मंगलबार लोकतान्त्रिक बाम गठबन्धन हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, १७ र १८ को संयुक्त आयोजनामा भएको चुनावी सभा तथा बृहत साँस्कृत कार्यक्रमलाई...

‘भ्रष्टाचारको अन्त्य गर्न म राजनीतिमा आएको हुँ’

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने देशमा भएको भ्रष्टाचार अन्त्य गर्न आवश्यक रहेकोले आफु राजनीतिमा आएका बताएका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका निर्वाचनको चुनावी प्रचार–प्रसार कार्यक्रम अन्तरगत मंगलबार हेटौंडामा भएको सभालाई सम्बोधन गर्दै उनले सो करा बताएका हुन्...

हेटौंडामा अन्तरविद्यालय क्रिकेट प्रतियोगिता हुने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबारबाट अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । हेटौंडा–४ हुप्राचौरमा संचालन हुने उक्त प्रतियोगिता मकवानपुर क्रिकेट संघका पूर्वकप्तान स्वर्गीय निरज श्रेष्ठको स्मृतिमा आयोजना गर्न लागिएको हो । मकवानपुर क्रिकेट संघले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो ।...

देशभर १२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । देशभर १२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १ हजार १५० जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट १० तथा एन्टिजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको हो...