समाचार
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तेह्रथुम अठराई गाउँपालिका-५ ठेगाना भएका ५४ वर्षीय केदारनाथ मिश्रलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ साउन ३१ गतेको फैसलाले उक्त मुद्दामा ४ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान...
निर्वाचनमा आउन सक्ने चुनौतीलाई सामना गर्न निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले निर्वाचनका समयमा आउन सक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै निर्वाचन सुरक्षामा कुनै द्धिविधा हुन नदिन निर्देशन दिएका...
मकवानपुरमा ९८ जना कैदीबन्दीले मतदान गर्न पाउने
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका निर्वाचनमा मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् । कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्थाको तयारी सुरु गरिएको कारागारका जेलर तिर्थराज पौडेलले जानकारी दिए । जेलर पोडेलले कारगारमा रहेका ९ सय ८९...
आज साँझ खग्रास चन्द्रग्रहण लाग्ने
काठमाडौं । आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ५ः १ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्ग’ मा...
आज आंशिक बदलीदेखि सामान्यतया सफा रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मंगलबार पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत...
चुनाव जितेपछि विकासको लहर ल्याउँछौँः खतिवडा
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार विरोध खतिवडाले सो क्षेत्रमा विकासको लहर ल्याउने बताएका छन् । गठबन्धनको राक्सिराङ १, २ र ३ को संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खतिवडाले आफु ८ महिना सरकारमा रहँदा धेरै काम गरेको बताउँदै आफुलाई मत दिनसमेत आग्रह...
एमालेबाट निर्वाचित पूर्व वडा सदस्यसहित ५५ जना नेपाली काँग्रेसमा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. १ मा नेकपा एमाले पार्टीको तर्फबाट निर्वाचित पूर्व वडा सदस्यसहित ५५ जना युवा कार्यकर्ता सोमबार नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । एमालेबाट वडा सदस्य निर्वाचित सोमलाल स्याङ्तानसहित ५५ जना नेता कार्यकर्ता नकौलीमा आयोजित एक कार्यक्रमबीच काँग्रेस पार्टी प्रवेश गरेका हुन् । २०७४...
बागमतीमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु, उद्धघाटन खेलमा आयोजक टिम बिजयी
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ४ को आयोजनामा सोमबारदेखि वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । वडास्तरीय फुटबल प्रतियोगिताको निर्वाचन क्षेत्र नम्वर १ को प्रदेशसभा ‘क’ का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तु र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले संयुक्त रुपमा उद्धघाटन गरेका हुन् । उद्धघाटन...
गरिब, निमुखा जनताको अपेक्षा पूरा गर्ने बानियाँको प्रतिवद्धता
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा गठबन्धनको सरकार बनेपछि गरिब तथा असहाय जनताको हितका लागि प्राथमिकताका साथ काम गर्ने बताएका छन् । गठबन्धनको राक्सिराङ १,२ र ३ को संयुक्त भेलालाई सोमबार सम्बोधन गर्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत...
जिम्बाको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त
मकवानपुर । नेपाली कांग्रेसका कृयाशिल सदस्य रामशरण जिम्बाको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर १ चकरी निवासी जिम्बाको ३२ वर्षको उमेरमा आइतबार निधन भएको थियो । सोमबार नेपाली कांग्रेसका बागमती प्रदेश सदस्य चम्फुरत्न लामाले जिम्बाको पार्थिव शरिरमा कांग्रेसको चारतारे झण्डा ओढाएर अन्तिम...










