समाचार

विष सेवनबाट हेटौंडाका ढुंगानाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ भैरबडाँडा बस्ने २१ वर्षीय ईशक ढुंगानाको विष सेवनबाट मृत्यु भएको छ । गत कात्तिक १२ गते आफ्नै घरमा हाल नाम नखुलेको विषादी सेवन गरी बिरामी भएका ढुंगानाको हेटौंडा अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...

मकवानपुर दुर्घटना अपडेट : मृतकको सनाखत

मकवानपुर । हेटौंडा–नारयणगढ सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ सुनाचुरीमा आज बिहानै भएको सवारी दुर्घटना परेर मृत्यु भएका पुरुषको सनाखत भएको छ । बिहान ४ बजेको समयमा झापाको काकरभित्ताबाट काठमाडौंतर्फ जाँदै गरेको बा ५ ख ७९४३ नम्वरको रात्री बसले विपरित दिशातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००३...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी । कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइल चालकको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका–६ को नवलपुरस्थित भित्री सडकखण्डमा ना २ ख १३८१ नम्वरको ट्रकले बा ८६ प ३४८७ नम्वरको को मोटरसाइकललाई ठक्कर दिंदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भजनी नगरपालिका–६ बस्ने २१...

मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर । हेटौंडा–नारयणगढ सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ सुनाचुरीमा आज बिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ४ बजेको समयमा झापाको काकरभित्ताबाट  काठमाडौंतर्फ जाँदै गरेको बा ५ ख ७९४३ नम्वरको रात्री बसले विपरित दिशातर्फ  आउँदै गरेको गरेको बागमती प्रदेश ०३–००३ प...

नक्कली फेसबुक खोलेर महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । नक्कली फेसबुक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरो काठमाडौँले ब्यूरोले उक्त आपराधिक क्रियाकलापमा संलग्न सप्तरीको सुरुङ्गा नगरपालिका–१ बस्ने १९ वर्षीय सुमीतकुमार थापालाई पक्राउ गरेको हो । उनलाई आइतबार जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतको अनुमतिले ७ दिनको म्याद...

पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : बानियाँ

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–२ प्रदेश सभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले गठबन्धनको नेतृत्वले पूर्वाधार विकास र जनताको जीवनस्तर परिवर्तनलाई प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । थाहा नगरपालिका वडा नम्वर–३ मा आइतबार गठबन्धनको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बानियाँले गाउँटोलको विकास...

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

काठमाडौं । पूर्वी नेपालमा आइतबार राति भूकम्पको धक्का महसुस भएको छ । राति नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङमा चीनको सीमा क्षेत्र पर्ने ठाउँलाई...

सीता दाहालको स्वास्थ्य अवस्था जटिल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुनः जटिल बनेको छ । केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । प्रचण्डको सचिवालय अनुसार, शनिबार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको भेन्टिलेटरमा...

भिक्टोरिया तालमा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

काठमाडौं । तान्जानियाको एउटा यात्रुवाहक विमान बुकोबामा अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा दुर्घटना हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको यो विमानमा ४३ जना सवार थिए । जसमध्ये २६ जनालाई दुर्घटनापछि अस्पताल लगिएको थियो । उद्धारकर्मी र स्थानीय माझीहरूले विमानमा फसेका यात्रुहरुको उद्धार गरेका थिए ।...

आजको मौसम : एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । सोमबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशको...