ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक २१, सोमबार ०९:४१

धनगढी । कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइल चालकको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका–६ को नवलपुरस्थित भित्री सडकखण्डमा ना २ ख १३८१ नम्वरको ट्रकले बा ८६ प ३४८७ नम्वरको को मोटरसाइकललाई ठक्कर दिंदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भजनी नगरपालिका–६ बस्ने २१ वर्षीय अविशेक चौधरी रहेका छन् । यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकलमा पछाडी सवार धिरेन्द्र चौधरी समान्य घाइते भएका छन् ।