नक्कली फेसबुक खोलेर महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

तु खबर संवाददाता
२०७९ कार्तिक २१, सोमबार ०८:१८
सांकेतिक तस्बिर

काठमाडौं । नक्कली फेसबुक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरो काठमाडौँले ब्यूरोले उक्त आपराधिक क्रियाकलापमा संलग्न सप्तरीको सुरुङ्गा नगरपालिका–१ बस्ने १९ वर्षीय सुमीतकुमार थापालाई पक्राउ गरेको हो ।

उनलाई आइतबार जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतको अनुमतिले ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको जनाएको छ । उनले नक्कली फेसबुक बनाई पीडित र अन्य अपरिचित महिलाको अश्लील तस्बिर र शब्द लेखेर पोष्ट गरेको पाइएको प्रहरीले जनाएको छ ।

फेक आइडीको म्यासेन्जरबाट थापाले पीडितको आफन्तहरुले प्रयोग गर्ने फेसबुकमा म्यासेज पठाएर बदनाम गरी चरित्र हत्या पनि गरेको पाइएको प्रहरीले जनाएको छ । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।