समाचार
कृषि र सहकारीको संस्थागत विकासमा बानियाँ
मकवानपुर । नेपालको संविधानमा सार्वजनिक, नीजि र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत आर्थिक वृद्धि र दीगो आर्थिक विकास गर्ने कुरा उल्लेख छ । संविधानको यही मर्मलाई आत्मसात गर्दै मकवानपुरे नेता ईन्द्रबहादुर बानियाँले सहकारी क्षेत्रको संस्थागत विकासमा ध्यान पुर्याएका छन् । चौतर्फी विकासमा नजर पुर्याउने नेताको रुपमा परिचित नेपाली...
कर्णालीमा एक महिनाअघि बेपत्ता भएका १९ जना अझै भेटिएनन्
मकवानपुर । कर्णालीमा गत असोज १९ गतेदेखि एक सातासम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेर बेपत्ता भएका १९ जना अझै फेला नपरेको कर्णाली प्रदेश आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । दशैँको समयमा बाढीपहिरोमा परेर बेपत्ता भएका १९ जना अझै नभेटिएका हुन् । बेपत्ता हुनेहरुमा कालिकोटका मात्रै...
देशभर डेंगु संक्रमितको संख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु
काठमाडौं । नेपालमा डेंगु संक्रमितको कुल संख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार थप ३ हजार ४९५ जनामा डेंगु पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५० हजार नाघेको हो । गत साउन यता देशभर कूल डेंगु संक्रमितको संख्या ५० हजार २६३ पुगेको छ । यस्तै,...
२५ किलो गाँजासहित एक जना पक्राउ
वीरगञ्ज । बारा प्रहरीले लागूऔषध गाँजा २५ किलोसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्वर १२ बारथली बस्ने ५८ वर्षीय प्रेमबहादुर लो रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले निजगढ १२ कुलियाबाट आर्इतबार राति पक्राउ गरेको हो । कुलियामा...
ईन्द्र बानियाँको चुनावी गीत सार्वजनिक
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्वर २ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँको चुनावी गीत सार्वजनिक भएको छ । बानियाँको ‘आए आए हजुर हाम्रा ईन्द्र बानियाँ’ बोलको चुनावी गीत उनकै आधिकारिक युट्युव च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो । मकवानपुरे साहित्यकार केशव सर्मपणको रचना रहेको गीतमा...
मकवानपुरमा डेंगु संक्रमितको संख्या ५३४५ पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ३४५ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ३६ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ३४५ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि सोमबारसम्मको हो । जसमा...
करेन्ट लागेर एक जनाको मृत्यु
वीरगञ्ज । वीरगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । करेन्ट लागेर बहुदरमाई नगरपालिका–४ बहुअरी पिडारी बस्ने ४५ वर्षीय नागेन्द्रप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, करेन्ट लागेर वीरगञ्ज–३२ चोर्नी बस्ने १९ वर्षीय सिकेन्द्र प्रसाद यादव घाइते भएका छन् ।...
एकीकृत समाजवादीले ५ नेतालाई कारबाही गर्ने
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरुलाई कारबाही गर्ने भएको छ । पार्टी महासचिव डा.वेदुराम भुसालले सोमबार जारी गरेको विज्ञप्तिमा नेताहरु देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने उल्लेख गरिएको...
झिनो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक घटेको छ । आईतबार एकाएक बढेको नेप्से आज ६.४३ अंकले घटेर १९५८ विन्दुमा कायम हुन पुगेको छ । अघिल्लो दिन नेप्से ४२ अंकले बढ्दा १९६५.३६ को विन्दुमा कायम भएको थियो । आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ...
जग्गा व्यवसायी घिमिरेले अनुचित दबाब दिएपछि मेयर लामाले झपारिन्
मकवानपुर । कार्यकक्षमै पुगेर अनुचित दबाब दिने जग्गा व्यवसायी ध्रुब घिमिरेलाई हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले झपारेकी छिन् । आइतबार दिउँसो मेयर लामाको कार्यकक्षमा पुगेर घिमिरेले आफु अनुकुल निर्णय नभए मेयरको कुर्सी हल्लाइदिने धम्की दिएका थिए । कार्यकक्षमै अनुचित धम्की दिएपछि आक्रोशित बनेकी मेयर लामाले घिमिरेलाई आफु कसैको धम्कीबाट...










