२५ किलो गाँजासहित एक जना पक्राउ
वीरगञ्ज । बारा प्रहरीले लागूऔषध गाँजा २५ किलोसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्वर १२ बारथली बस्ने ५८ वर्षीय प्रेमबहादुर लो रहेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले निजगढ १२ कुलियाबाट आर्इतबार राति पक्राउ गरेको हो । कुलियामा प्रहरी टोलीलाई देख्ने वित्तिकै उनीसहित ३ जनाले बोकेर ल्याएको बोरा फालेर भागेका थिए ।
२ वटा बोरामा ७ किलोका दरले १४ किलो र एउटा बोरामा ११ किलो गरी जम्मा २५ किलो लागूऔषध गाँँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रेमविरुद्ध लागूऔषध मुद्धामा बारा जिल्ला अदालतबाट म्याद थप गरी फरार रहेका २ जनाको खोजी भइरहेको जनाइएको छ ।
