झिनो अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ कार्तिक २१, सोमबार १५:२५

काठमाडौं । आज साताको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक घटेको छ । आईतबार एकाएक बढेको नेप्से आज ६.४३ अंकले घटेर १९५८ विन्दुमा कायम हुन पुगेको छ ।

अघिल्लो दिन नेप्से ४२ अंकले बढ्दा १९६५.३६ को विन्दुमा कायम भएको थियो । आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ४९ लाख ४४ हजार ७६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १० करोडमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ब्यापार, जीवन बीमा, म्युचुअल फण्ड, लगानी तथा अन्य समुह बढेको छ भने सर्वाधिक आज उत्पादन तथा प्रशोधन समूहको घटेको छ ।