मकवानपुरमा ९८ जना कैदीबन्दीले मतदान गर्न पाउने
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका निर्वाचनमा मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् ।
कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्थाको तयारी सुरु गरिएको कारागारका जेलर तिर्थराज पौडेलले जानकारी दिए । जेलर पोडेलले कारगारमा रहेका ९ सय ८९ जना कैदीबन्दी मध्ये मतदाता नामावलीमा नाम भएका ९८ जना कैदीबन्दीको मतदान गर्न पाउने भएको बताए ।
मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको प्रदेश निर्वाचन कार्यालय, हेटौंडाले जनाएको छ ।
कार्यालयका अनुसार, कैदीबन्दीले प्रतिनिधि सभाको समानुपतिकतर्फ मात्रै मताधिकार प्रयोग गर्न पाउने छन् ।
