समाचार

आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशका पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, बिहीबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका...

आयोगले सोध्यो बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई स्पष्टीकरण

मकवानपुर । बागमती प्रदेश सरकारले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्याधेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेको विषयमा निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता, २०७९ लागू भइसकेपछि पनि अध्यादेश जारी गरेको विषयमा...

निर्वाचन जितेको खण्डमा मल कारखाना संचालन गर्छु : पराजुली

मकवानपुर । मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्वर १ को (ख) प्रदेश सभा सदस्य पदमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता अनन्दराम पराजुलीले आसन्न निर्वाचनमा आफुलाई मतदान गरी जिताए जिल्लामा मल कारखाना उद्योग संचालनमा ल्याउने बताएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश...

कक्षा १२ को पूरक परीक्षाको नतिजा निर्वाचन अघि नै सार्वजनिक हुने

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड बृद्धि (पूरक परीक्षा) को नतिजा आसन्न निर्वाचन अघि नै सार्वजनिक गर्ने भएको छ । गत असोज ३० र ३१ गते लिइएको पूरक परीक्षाको नतिजा आगामी मंसिर ४ मा हुने निर्वाचनअघि नै सार्वजनिक गर्नेगरी तयारी गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी...

करुण हृदयका बानियाँ : जो विपन्नको उपचार खर्च तिरिदिन अस्पतालमै पुग्छन्

मकवानपुर । विभिन्न रोग लागेर उपचार गराउन नसकी थलिएकाहरु होस् वा उपचार खर्च तिर्न नसकी अस्पतालको बेडमा अलपत्र परेकाहरु होस्, त्यस्ता असहायलाई आर्थिक सहयोग गर्न कहिलै कन्जुस्याईं नगर्ने मकवानपुरे नेता हुन् ईन्द्रबहादुर बानियाँ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँ सेवाको लागि राजनीति गरेको भन्छन् र व्यवहारमा पनि देखाउँछन्...

मकवानपुरमा डेंगु संक्रमितको संख्या ५३६७ पुग्यो

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ३६७ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप १४ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ३६७ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि बुधबारसम्मको हो । जसमा...

मतदाता शिक्षा प्रभावकारी बनाउन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी बनाउने आग्ह गरेको छ । गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर पुनः मतदाता शिक्षा प्रभावकारी बनाउने अभियानलाई तीब्रता दिन आग्रह गरेको हो । मतदाता शिक्षालाई प्रभावकारी बनाउन...

यसरी सकियो जग्गा व्यवसायी ध्रुव घिमिरेको नाटक

हेटौंडा । घटना कात्तिक २० गते आइतबारको हो । घरजग्गा व्यवसायी ध्रुव घिमिरे हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामालाई कित्ताकाट खुलाउन अनुचित दबाब दिन पुगे । लामाले मंसिर ४ गतेको निर्वाचन सकिएपछि प्रकृयासम्मत रुपमा यसबारे आधिकारिक निर्णय गर्ने जानकारी दिइन् । मंसिर ४ पछि निर्णय गर्ने विषयमा व्यवसायी घिमिरे तयार...

निर्वाचन बहिष्कारको पोष्टर टाँस्दै हिंडेका नेकपा बहुमतका तीन नेता पक्राउ

बागलुङ । बागलुङमा निर्वाचन बहिष्कारको पोष्टर टाँस्दै हिंडेका नेकपा बहुमतका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन जना नेतालाई प्रहरीले ट्राफिक चोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गलकोट नगरपालिका वडा नम्वर १ का ४५ वर्षीय दलसिंह खत्री, ३५ वर्षीय हरि नेपाली र...

मावि तहमा ११८२ जना शिक्षक सिफारिस

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहमा १ हजार १८२ जना शिक्षक नियुक्तिका लागि सिफारिस गरेको छ । आयोगले खुला प्रतियोगितात्मक परीक्षाबाट शिक्षक छनोट गरी नियुक्तिका लागि सिफारिस गरेको हो । छनोट भएका शिक्षक नियुक्तिका लागि सिफारिस गरिसकेको आयोगका प्रवक्ता सुर्दशन मरहठ्ठाले जानकारी दिए । आयोगको सिफारिस अनुसार शिक्षक...