समाचार
स्कुल बसको ठक्करबाट बालकको मृत्यु
जुम्ला । जुम्लामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको चन्दननाथ नगरपालिका वडा नम्वर ९ उमगाडमा निजी स्कुलको बसले ठक्कर दिँदा पैदल हिँडिरहेको बालकको मृत्यु भएके प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अन्दाजी ११ वर्षका राजेश गिरी रहेका छन् । उनलाई तातोपानीबाट सदरमुकाम तर्फ आउँदै गरेको भे...
आजको मौसम : एक–दुई स्थानमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, शुक्रबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा...
संविधान नमान्नेलाई जनतासँग मत माग्ने नैतिक अधिकार छैन : डीना
मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ की लोकतान्त्रिक बाम गठबन्धन उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले जनताको अधिकार स्थापित गर्न ल्याएको संविधान नमान्नेहरुलाई जनतासँग मत माग्ने नैतिक अधिकार नभएको जिकिर गरेकी छन् । बिहीबार बागमती गाउँपालिका वडा नम्वर ९ लितिमा भएको चुनावीसभामा बोल्दै उम्मेदवार डीनाले यस्तो बताएकी हुन् ।...
बानियाँलाई प्रतिस्पर्धी उम्मेदवारको समर्थन
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादर बानियाँले आफ्नो पक्षमा प्रतिष्पर्धी उम्मेदवारदेखि विपक्षीहरुसम्मको समर्थन बढाउँदै गईरहेका छन् । गरिब, निमुखा जनताको जीवनस्तर परिवर्तन गर्ने प्रतिवद्धतासहित चुनावी घरदैलोमा व्यस्त रहेका उनको लोकप्रियताकै कारण सामाजिक, राजनीतिक व्यक्तित्वदेखि प्रतिस्पर्धी उम्मेदवारसमेतले समर्थन गर्न थालेका हुन् ।...
‘छोरी दिँदा जसरी सोच विचार गरेर दिन्छौँ, भोट दिँदा पनि त्यसै गरौं’
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई दलदलबाट निकाल्न आसन्न निर्वाचनमा राम्रा उम्मेदवारलाई मतदान गर्नुपर्ने बताएका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसार कार्यक्रम अन्तरगत बिहीबार मकवानपुरको बकैया–४ जुरेलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो...
थप १६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८३७ जनामा गरिएको नमुना परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोही समयमा कोरोना संक्रमणबाट १३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै...
विष सेवनबाट हेटौंडाकी थिङको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ डाईबर डाँडा बस्ने ५३ वर्षीया मिना माया थिङको विष सेवनबाट मृत्यु भएको छ । बुधबार आफ्नै घरमा नाम नखुलेको विषादी सेवन गरी बिरामी भएका थिङको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक...
मकवानपुरमा डेंगु संक्रमितको संख्या ५३८५ पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ३८५ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप १८ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ३८५ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि बिहीबारसम्मको हो । जसमा...
पिङबाट खसेर एक जनाको मृत्यु
नेपालगन्ज । बाँकेको गुरुवा गाउँमा लागेको मेलामा पिङ खेल्ने क्रममा खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जानकी गाउँपालिका ६ की ६४ वर्षीया गौरी बुढा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पिङ खेल्ने क्रममा खसेर घाइते भएकी बुढालाई नेपालगन्जस्थित वेस्टर्न अस्पताल लगिएको थियो । उनको सोही...
शेयर बजार दोहोरो अंकले गिरावट
काठमाडौं । आज साताको शेयर कारोकारको अन्त्मि दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले गिरावट आएको छ । बजार आज २३.५२ अंकले ओरालो लागेको हो । योसँगै नेप्से परिसूचक १८९३.७० को विन्दुमा झरेको छ । यसअघि बुधबार नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७ विन्दुमा कायम हुन पुगेको थियो ।...









