विष सेवनबाट हेटौंडाकी थिङको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक २४, बिहीबार १७:०४

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ डाईबर डाँडा बस्ने ५३ वर्षीया मिना माया थिङको विष सेवनबाट मृत्यु भएको छ ।

बुधबार आफ्नै घरमा नाम नखुलेको विषादी सेवन गरी बिरामी भएका थिङको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, थिङको शव हाल पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ । उनले किन औषधी सेवन गरेको भन्ने बारे पोष्टमार्टम रिपोट आएसीमात्रै थाहा हुने जनाइएको छ ।