मकवानपुरमा डेंगु संक्रमितको संख्या ५३८५ पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ३८५ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप १८ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ३८५ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि बिहीबारसम्मको हो । जसमा २ हजार ९७१ जना पुरुष र २ हजार ४१४ जना महिला गरी ५ हजार ३८५ जना महिला रहेका छन् ।
जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै डेंगु संक्रमित हेटौंडा उपमहानगरपालिकामा रहेका छन् । जसअनुसार, हेटौंडा उपमहानगरपालिकामा २ हजार २५८ जना पुरुष र १ हजार ८२० जना महिला गरी ४ हजार ७८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, डेंगु संक्रमण पुष्टि हुनेमा मनहरी गाउँपालिकामा ४६८ जना पुरुष र ४१८ जना महिला गरी ८८६ जना, थाहानगरपालिकामा १०८ जना पुरुष र ६७ जना महिला गरी १७५ जना, मकवानपुरगढी गाउँपालिकामा ४३ जना पुरुष र २८ जना महिला गरी ७१ जना, भीमफेदी गाउँपालिकामा २२ जना पुरुष र २३ जना महिला गरी ४५ जना रहेका छन् ।
यसैगरी, बकैया गाउँपालिकामा १६ जना पुरुष र २७ जना पुरुष गरी ४३ जना, राक्सिराङ गाउँपालिकमा १८ जना पुरुष र ५ जना महिला गरी २२ जना, बागमती गाउँपालिकाका ४ जना पुरुष र ३ जना महिला गरी ७, कैलाश गाउँपालिकाका ५ जना पुरुष र ३ जना महिला गरी ८ जना, हाल ठेगाना नखुलेका १४ जना पुरुष र २९ जना महिला गरी २९, अन्य जिल्लाका १३ जना पुरुष र ४ जना महिला गरी १७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा उक्त संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।
