समाचार

तपाईको सहयोगले भवन बनेपछि कृषकलाई सहज भएको छ : थ्यांक यु ईन्द्र बानियाँ

मकवानपुर । मेरो नाम रामकृष्ण अधिकारी हो । म मनहरी गाउँपालिका वडा नम्वर ९ स्थित जनकल्याण कृषि समूहकोे अध्यक्ष हुँ । समुहको संरचनाको बारेमा भन्नुपर्दा ईन्द्रबहादुर बानियाँ दाइले सांसद विकास कोषबाट १० लाख रुपैयाँ हाल्दिनु भएर हामीले भवन बनाको हौं । भवनको जगको लागि मनहरी ९ नम्वर वडा कार्यालयले...

दुर्घटनामा परेर मकवानपुरका घिसिङको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ छतिवनस्थित धरान-चतरा सडकखण्डमा बुधबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नम्वर ५ बगेरि बस्ने २७ वर्षीय सत्यमान घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार,...

आसन्न निर्वाचनमा २ लाख ४६ हजार कर्मचारी खटिँदै

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि २ लाख ४६ हजार ९ सय कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले केन्द्रीय कार्यालय, ७ प्रदेश कार्यालय, ७७ जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र र मतगणना कार्यसमेतका लागि सुरक्षा निकायबाहेक २ लाख ४६ हजार ९ सय...

दुर्घटनामा परेर दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको बसुन्धरा सडकखण्डमा बुधबार सवारी दुर्घटना हुँदा दुई जनाको मृत्‍यु भएको छ । नारायणगोपाल चोकबाट ५० मिटर पश्चिमतर्फ बसुन्धारा सडकखण्डमा ट्रक र स्कुटर एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कालिका–९ का ४७ वर्षीय बेलबहादुर राना मगर र मादी गाउँपालिका–५...

बाजुरामा भूकम्पको धक्का महसुस

बाजुरा । सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प धक्का महसुस भएको छ । आज बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्रका अनुसार, भूकम्प ४.१ म्याग्निच्युडको भूकम्प गएको हो...

राप्रपा अध्यक्ष लिङ्देन आज मकवानपुर आउने

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन आज मकवानपुर आउने भएका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचनको चुनावी प्रचार–प्रचार कार्यक्रम अन्तरग भोलि मकवानपुरमा हुने भेलालाई सम्बोधन गर्न उनी मकवानपुर आउने भएका हुन् । कार्यक्रम दिउँसो १२ः३० बजे मकवानपुरको...

विरोध खतिवडाको आग्रहपछि खड्का रिहा

मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश सभातर्फ लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरी हिरोसतमा रहेका हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ का पुरुषोत्तम खड्का रिहा भएका छन् । एकीकृत समाजवादीका नेता खतिवडाले आफुलाई दुर्व्यवहार प्रयास गर्नेलाई छाडिदिन गरेको आग्रहअनुसार प्रहरीले उनलाई रिहा गरेको...

कांग्रेसद्वारा थप चार जनालाई कारबाही

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन आयोगले थप चार जनालाई कारबाही गरेको छ । कांग्रेसको अनुशासन आयोगका संयोजक आनन्द प्रसाद ढुंगानाले विज्ञप्ति जारी गर्दै थप दुई जनालाई ५ वर्षका लागि पार्टीको सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश दिएका हुन् । कांग्रसले कारबाही गरेकामा उदयपुरका रामकुमार राई, मीनकुमार दाहाल,...

आज प्रदेश १ मा सार्वजनिक विदा

मोरङ । प्रदेश १ सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिएको हो । गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन...

पत्रकार अधिकारी मृत अवस्थामा फेला

काठमाडौं । पत्रकार सरोजराज अधिकारी मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको सुन्धारास्थित होटल सिद्दार्थमा उनी मृत अवस्थामा फेला परेका हुन् । भेटिएका हुन् । होटलको एक कोठामा फ्यानमा झुन्डिएको अवस्थामा उनी मृत भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, अधिकारी कात्तिक २१ बाट सो होटलमा...