राप्रपा अध्यक्ष लिङ्देन आज मकवानपुर आउने

तु खबर संवाददाता
२०७९ कार्तिक २४, बिहीबार ०८:४०
file-photo

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन आज मकवानपुर आउने भएका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचनको चुनावी प्रचार–प्रचार कार्यक्रम अन्तरग भोलि मकवानपुरमा हुने भेलालाई सम्बोधन गर्न उनी मकवानपुर आउने भएका हुन् ।

कार्यक्रम दिउँसो १२ः३० बजे मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ जुरेली फुटबल मैदानमा आयोजना हुने राप्रपा मकवानपुरका नगर अध्यक्ष अरुण लामाले जानकारी दिए ।

सभालाई राप्रपाका केन्द्रीय सदस्य एवम् मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ का उम्मेदवार दीपक बहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टिका बागमती प्रदेश सचिव एवम् मकवानपुर क्षेत्र नं. १ (ख) प्रदेश सभा उम्मेदवार गुञ्जनबहादुर न्यौपाने, मकवानपुर क्षेत्र नं. १ (क) प्रदेश सभाका उम्मेदवार सागर थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ ।