दुर्घटनामा परेर दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक २४, बिहीबार ०९:०५
File Photo

काठमाडौं । काठमाडौंको बसुन्धरा सडकखण्डमा बुधबार सवारी दुर्घटना हुँदा दुई जनाको मृत्‍यु भएको छ । नारायणगोपाल चोकबाट ५० मिटर पश्चिमतर्फ बसुन्धारा सडकखण्डमा ट्रक र स्कुटर एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कालिका–९ का ४७ वर्षीय बेलबहादुर राना मगर र मादी गाउँपालिका–५ वर्षीय कल्पना राना मगर रहेका छन् । प्रहरीले ना. ८ ख १८४१ को ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।