आज प्रदेश १ मा सार्वजनिक विदा

तु खबर संवाददाता
२०७९ कार्तिक २४, बिहीबार ०७:५९

मोरङ । प्रदेश १ सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिएको हो ।

गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।

प्रदेश सरकारले आज एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले बताए । मृतक थापाले आगामी मंसिर ४ मा हुने निर्वाचनमा मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवारी दिएका थिए ।