समाचार

झापा–५ मा एमाले अध्यक्ष ओली अगाडि

दमक । झापा क्षेत्र नम्वर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रतालाई फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार, उनी ६ हजार ५५५ मतसहित अघि रहेका छन् । ओलीले १५ हजार ५१० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारीले ८ हजार ९५५ मत ल्याएर...

डडेल्धुरामा देउवालाई ४५८० को अग्रता

डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो अग्रता कायमै राखेका छन् । १९ हजार ५९६ मतगणना भइसक्दा देउवाले ९ हजार ७७३ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार १९३ मत प्राप्त गरेका छन् । सोमबारसम्म दोस्रो स्थानमा रहेका नेपाली कांग्रेस...

मकवानपुर २(क) मा ढकालको अग्रता कायमै, कुमारी मोक्तानलाई हम्मेहम्मे

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–२ को प्रदेशसभा (क) मा नेकपा एमालेका विष्णुप्रसाद ढकालले अग्रता कायमै राखेका छन् । हालसम्म कूल १५ हजार १३५ मत गणना भएको छ । जसमा एमालेका ढकालले ६ हजार ७३७ मत पाएका छन् । त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनकी कुमारी मोक्तानले ६ हजार ४४७...

७०५७ मतका साथ प्रचण्डको अग्रता कायमै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा क्षेत्र नम्वर २ मा अग्रता कायमै राखेका छन् । १२ हजार २१७ मतगणना सम्पन्न हुँदा प्रचण्डले ७ हजार ५७ मतसहित अग्रता कायम राखेका हुन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १ हजार ९२९ मत प्राप्त गर्दा एमालेका अब्दुस सलाम मियाँले...

राप्रपाले खोल्यो खाता : काठमाडौं – २ ‘क’ मा सुनील केसी विजयी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सभा विजयको खाता खोलेको छ । काठमाठौं क्षेत्र नं. २ प्रदेश ‘क’ मा राप्रपाका सुनील केसी विजयी भएका छन् । केसी ६ हजार ५९८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका सानुकुमार श्रेष्ठले ५ हजार ७९ मत पाएका छन् । केसीले...

मकवानपुरमा डिना २१४८ मतले अगाडि

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छिन् । हालसम्म १५ हजार १४९ मत गणना भएको छ । जसमा महालक्ष्मी उपाध्याय डिनाले ६ हजार ९५२ मत पाएकी छिन् । त्यस्तै नेकपा एमालेको सूर्य चिन्ह लिएर उठेका कमल थापाले ४...

१४४७१ गणना गर्दा प्रेमबहादुर पुलामी १६७२ मतले अगाडि

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ को(क) १४ हजार ४७१ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनका प्रेमबहादुर पुलामीले सबैभन्दा बढी मत पाएका छन् । पुलामीले ६ हजार १९० मत ल्याउँदा नेकपा एमालेका कमलबहादुर विष्टले ४ हजार ५१८ मत पाएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका...

मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर २ तिनघरेस्थित जनबन सामुदायिक जंगलको भिरबाट लडेर मृत्यु भएको अवस्थामा आज बिहान एक जनाको शव फेला परेको छ । उक्त शव स्थानीय अन्दाजी ३१ वर्षीय दिपक भोलन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उक्त घटनाको...

अपडेटः १६११३ मतगणना गर्दा महेश बर्तौला अघिअघि, विरोध खतिवडा पछिपछि

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा नेकपा एमालेका महेश बर्तौलाले अग्रता कायमै राखेका छन् । हालसम्म कूल १६ हजार ११३ मत गणना गर्दा बर्तौलाले ६ हजार ३४९ मत पाएका छन् । त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनका विरोध खतिवडाले ६ हजार ८ मत पाएका छन् । बर्तौला खतिवडाभन्दा ३४१...

८ दिनभित्र मतगणनाको नतिजा सार्वजनिक हुन्छ : थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ८ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्वर १० को मतगणनास्थलको निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् । उनले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा आउने दाबी गरेका हुन् । ८ दिनभित्र नतिजा...