आईतबार ३२ अंकल बढ्योे शेयर बजार

तु खबर संवाददाता
२०७९ मंसिर ११,आईतवार १६:३२

काठमाडौं । आज साताको पहिलो दिन अर्थात आईतबार शेयर बजारमा हरियाली छाएको छ । गत साता उतारचढाव देखिएको शेयर बजार आज ३२ अंकले बढेर १९६५ विन्दुमा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा सार्वजनिक गर्ने तयारी गरेसँगै आज शेयर बजारमा रौनक देखिएको हो । नेप्सेमा सूचीकृत २३३ कम्पनीको ४२ लाख २३ हजार ८६७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।