समाचार
काठमाडौं – ८ (क) मा हाम्रो नेपाली पार्टीका बज्राचार्य विजयी
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्वर ८ (क) प्रदेश सभामा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । बज्राचार्य ५ हजार ४६२ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्प्रधी नेकपा एमालेका राजेश शाक्यले ३ हजार ८११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका राजुराज जोशीले ३ हजार ६७० मत प्राप्त...
सप्तरीबाट मधेश प्रदेश सभामा जनमत पार्टीका यादव निर्वाचित
सप्तरी । मधेश प्रदेश सभामा जनमत पार्टीले खाता खोलेको छ । सप्तरी–२ (२) मा जनमत पार्टीका महेश यादव निर्वाचित भएका छन् । उनी १३ हजार ३२५ मतसहित प्रदेश सांसदमा निर्वाचित भएका हुन् । उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गरेका हुन् । उमेशले ७...
अपडेटः १६१२८ गणना गर्दा गुन्जनबहादुर न्यौपाने अगाडि, आनन्दराम पराजुली तेस्रो स्थानमा
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ (ख) राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका गुन्जन बहादुर न्यौपानेले अग्रता कायमै राखेका छन् । १६ हजार १२८ मतगणना गर्दा न्यौपानेले ५ हजार ३५ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका एकलाल श्रेष्ठले ४ हजार ६५६ मत पाएका छन् भने लोकतान्त्रिक बाम गठबन्धनका आनन्दराम...
हेटौंडा ४ को मतगणनामा आनन्दराम पराजुली अगाडि
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ (ख) मा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणनामा भने लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीले अन्य दलका उम्मेदवारको तुलनामा बढी मत पाएका छन् । अहिले हेटौंडा ४ को मतगणना भइरहेको छ । यो समाचार तयार पर्दासम्म पराजुलीले १ हजार ५१० मत...
अपडेटः प्रेमबहादुर पुलामीले अग्रता फराकिलो बनाउँदै
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ प्रदेशसभा (क) मा लोकतान्त्रिक बाम गठबन्धनका प्रेमबहादुर पुलामीले अग्रता कायमै राखेका छन् । सो क्षेत्रको १३ हजार ६१९ मत गणना गर्दा गठबन्धनका पुलामीले ५ हजार ७७६ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका कमल बहादुर विष्टले ४ हजार २८६ मत ल्याएका छन् ।...
रुपन्देही–३ मा गृहमन्त्री खाँण पछाडी
रुपन्देही । रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँण पछाडी परेका छन् । मंगलबार बिहानसम्मको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणले ३ हजार ९१९ मतसहित पछाडी परेका हुन् । यस्तै, उनका प्रतिस्प्रर्धी राप्रपाका दीपक बोहराले ४ हजार १७० मतसहित अग्रता लिएका छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ ।...
लालबहादुर थापाभन्दा इन्द्र बानियाँ १३५७ मतले अगाडि
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका इन्द्रबहादुर बानियाँले अग्रता कायमै राखेका छन् । सो क्षेत्रको १२ हजार १२८ मत गणना गर्दा गठबन्धनका बानियाँले ६ हजार २५६ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका लालबहादुर थापाले ४ हजार ८९९ मत पाएका छन् ।...
काठमाडौं–४ को प्रतिनिधि सभामा गगन थापाको जित
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जित हाँसिल गरेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई पराजित गर्दै जित हाँसल गरेका हुन् । थापाले भट्टराईलाई ७ हजार ४४६ मतान्तरले पराजित गरेका हुन् । थापाले २१ हजार ३०१ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार १३...
दाङ–२ मा हस्ताक्षर नभएका मतपत्र भेटिए
दाङ । दाङ जिल्लाको निर्वाचन क्षेत्र नम्वर २ मा हस्ताक्षर नभएको ८८ वटा मतपत्र भेटिएका छन् । मतगणना गर्ने क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र भेटिएका निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ । मत गनिरहेको बेला माओवादी केन्द्रको चुनाव चिह्नमा छाप लगाइएका ४९ वटा र नेकपा एमालेको...
र्दुघटनामा परेर दुई जनाको मृत्यु, ३ घाइते
जनकपुरधाम । सर्लाहीमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किए दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा बाराको कलैया उपमहानगरपालिका–१६ बस्ने ४५ वर्षीय कन्हाई चौधरी र महोत्तरीको बर्दिवास नगरपालिका–६ बस्ने २५ वर्षीय सुनिल आले मगर रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते...









