लागूऔषधसहित दुई जना पक्राउ
कैलाली । कैलालीमा अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भजनी नगरपालिका–३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा टिकापुर नगरपालिका–३ बस्ने वर्ष १८ को २ जना किशोर रहेका छन् । उनीह्ररुलाई शुक्रबार दिउँसो पक्राउ गरेको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
