कैलाश ढुङ्गेललाई पराजित गर्दै रामेछापबाट कान्छाराम विजयी

तु खबर संवाददाता
२०७९ मंसिर ११,आईतवार ०७:५३

काठमाडौं । रामेछापको प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका छन् । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गर्दै विजयी हासिल गरेका हुन् ।

कांग्रेस रामेछापको जिल्ला सभापति तामाङले ४७ हजार ९८ मत पाउँदा ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे । २०७० मा कांग्रेसको समानुपातिक उमेदवारको बन्दसूचीमा परेका थिए । २०७४ को प्रतिनिधि सभा रामेछापमा पराजित भएका थिए ।