गृहमन्त्री खाँणलाई पराजित गर्दै दीपक बोहरा रुपन्देही–३ बाट निर्वाचित

तु खबर संवाददाता
२०७९ मंसिर १०, शनिबार १६:३४

रुपन्देही । रुपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा निर्वाचित भएका छन् । गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गर्दै बोहोरा निर्वाचित भएका हुन् ।

खाँणलाई बोहोराले २ हजार ६८१ मतले पराजित गरेका हुन् । बोहोराले ३६ हजार ७१७ मत प्राप्त गर्दा खाँणले ३४ हजार ३६ मत प्राप्त गरे ।