समाचार

विष्णु ढकालको अग्रता कायमै, कुमारी मोक्तान पछ्याउँदै

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ को प्रदेशसभा (क) ताजा मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म १३ हजार २०७ मत गणना गर्दा नेकपा एमालेका विष्णुप्रसाद ढकालले ५ हजार ८५५ मत प्राप्त गरेका छन् । त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनकी कुमारी मोक्तानले ५ हजार ५८५ मत पाएकी छिन् । राप्रपाका रामबहादुर...

अपडेटः १३७७१ मत गणना गर्दा महेश बर्तौला ३५१ मतले अगाडि

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ को ताजा मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म १३ हजार ७७१ मत गणना गर्दा नेकपा एमालेका महेश बर्तौलाले ५ हजार ६७१ मत ल्याएका छन् । त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनका विरोध खतिवडाले ५ हजार ३२० मत पाएका छन् । त्यस्तै स्वतन्त्र पार्टीका भरत पराजुलीले...

काठमाडौं–१ मा कांग्रेसका प्रकाशमान सिंह विजयी

काठमाडौं । कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले काठमाडौं–१ बाट जित हासिल गरेका छन् । राप्रपाका नवप्रवेशी नेता रवीन्द्र मिश्रसँग मतगणनामा सुरुवातदेखि एक/डेढ सय मतले अघिपछि भइरहेका सिंहले अन्ततः १२५ मतान्तरले जित हासिल गरेका हुन् । सिंहले ७ हजार १४३ मत प्राप्त गर्दा मिश्रले ७ हजार १८ मत प्राप्त गरेका छन्...

प्रेमबहादुर पुलामीको अग्रता कायमै

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ को प्रदेशसभा (क) को ताजा मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म १२ हजार २ मत गणना गर्दा नेकपा एमालेका कमल बहादुर विष्टले ३ हजार ६६५ मत पाएका छन् । त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनका प्रेमबहादुर पुलामीले ५ हजार ४ मत ल्याएका छन् । पुलामीले...

काठमाडौं क्षेत्र नं. ४ : गगन थापा जित नजिक

काठमाडौं । काठमाडौं क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कांग्रेसका गगन थापा जितको नजिक पुगेका छन् । अब ४ हजार ८७१ मत मात्रै गन्न बाँकी छ । तर, अहिले नै गगनको मतान्तर ५ हजारभन्दा बढी भएकाले उनको जित निश्चित भएको हो । काठमाडौं क्षेत्र नम्वर...

१२६४९ गणना गर्दाः डिनाको अग्रता कायमै, दिपक सिंह तेस्रो स्थानमा

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को ताजा मतपरिणाम सार्वजनिक भएको छ । हालसम्मम १२ हजार ६४९ मत गणना भएको छ । सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका कमल थापाको ४ हजार १७४, लोकतान्त्रिक बाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाको ६ हजार ५८ र राप्रपाका दिपकबहादुर सिंहको १ हजार...

विष्णु ढकाल अघिअघि, कुमारी मोक्तान पछिपछि

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ को प्रदेशसभा (क) मा १० हजार ९ ५२ मत गणना गर्दा नेकपा एमालेका विष्णु प्रसाद ढकालले ४ हजार ९४७ मत पाएका छन् । त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनकी कुमारी मोक्तानले ४ हजार ४८९ मत ल्याएकी छिन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका रामबहादुर घलेले...

डडेल्धुरामा देउवालाई पछ्याउँदै सागर ढकाल

काठमाडौं । डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिले सुरुदेखि नै आफ्नो अग्रता कायमै राखेका छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा पछिल्लो मत परिणााम अनुसार, नेपाली कांग्रेसका उम्मेदवार देउवा ६ हजार ३९९ मतका साथ अग्रता कायमै राखेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले ३ हजार २७५ मतका...

धादिङ–१ मा गठबन्धनका पाण्डे १८३ मतले अगाडि

धादिङ । धादिङ क्षेत्र नम्वर १ को मतगणनामा राजेन्द्रप्रसाद पाण्डेले अग्रता लिएका छन् । गल्छी गाँउपालिकाको मतगणना गर्दा पाण्डेले १८३ ले अग्रता लिएका हुन् । गल्छीको ८ वटै वडाको मतगणना गर्दा बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका पाण्डेले ५ हजार ३७१ मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका भूमि प्रसाद...

सुर्खेतको सिम्तामा मतदान सुरु

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–६ मा आइतबार स्थगित भएको मतदान मंगलबार सुरु भएको छ । निर्वाचन कार्यालयका अनुसार, सिम्ता गाउँपालिका–६ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरू भएको हो । मतदान अधिकृतको गल्तीका कारण प्रतिनिधि सभाको १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि उक्त केन्द्रमा...