मोरङ ३ बाट कांग्रेसका शुनिल शर्मा विजयी, रेखा थापा तेस्रो
मोरङ । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् । एमाले उम्मेदवार भानुभक्त ढकाललाई भारी मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।
शर्माले ४८ हजार ६३१ मत प्राप्त गर्दा ढकालले २५ हजार ८९५ मत प्राप्त गरे । राप्रपाबाट उम्मेदवार बनेकी रेखा थापाले १० हजार ९८८ मत ल्याएर तेस्रोमा सीमित भइन् ।
