मोरङ कारागारमा एक कैदीको मृत्यु

तु खबर संवाददाता
२०८१ जेष्ठ ८, मंगलवार १८:५५
सांकेतिक तस्वीर

विराटनगर । मोरङ कारागारमा रहेका एक जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ३९ वर्षीय धनबहादुर थापाको मृत्यु भएको हो ।

जिल्ला कारागार मोरङका जेलर चेतराज बरालका अनुसार, लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङबाट दोषी ठहर भएका थापा मंगलबार बिहान अचानक बेहोस भएका थिए ।

खाना खाएर बसेका बेला बेहोस भएका उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । लगत्तै चिकित्सकले मृत घोषित गरेको जेलर बरालले बताए ।

मृतक थापालाई मुटु रोग सम्बन्धी पुरानै समस्या रहेको र यसअघि पनि उपचारका लागि बारम्बार अस्पताल लैजाने गरिएको बुझिएको छ ।

थापालाई लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङले २०८० फागुन १० गते दोषी ठहर गर्दै २ वर्ष कैद सजायको फैसला गरेको थियो ।