बागमती प्रदेशमा कांग्रेसले १८ सिट जित्यो, ६ सिटमा अग्रता

तु खबर संवाददाता
२०७९ मंसिर १०,शनिबार ०९:२७

काठमाडौं । प्रत्यक्षतर्फ प्रदेशसभाको जारी मतगणनाअनुसार नेपाली कांग्रेसले ४ प्रदेशमा पहिलो स्थान हासिल गरेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा कांग्रेसको अग्रता देखिएको छ ।

बागमती प्रदेशमा कांग्रेसले १८ सिटमा जित हासिल गरेको छ भने ६ सिटमा अग्रता कायमै छ । कांग्रेसको पछिपछि रहेको एमालेले ९ सिटमा जित र ४ मा अग्रता बनाएको छ ।

यस्तै, गण्डकी प्रदेशमा कांग्रेसले १२ मा जित र ४ मा अग्रता बनाउँदा एमालेले १२ सिटमै जितेको छ । तर, एमालेको अग्रता कुनै पनि सिटमा छैन । यस्तै लुम्बिनी प्रदेशमा कांग्रेसले १४ सिट जितिसक्दा ३ मा अग्रता कायमै छ । यस्तै, एमालेले १२ सिट जितेको छ । अझै एमालेले ६ सिटमा अग्रता बनाएकाले कांग्रेसलाई पहिलो स्थान कायमै राख्न भने चुनौती छ ।

यस्तै कर्णाली प्रदेशमा कांग्रेसले ६ सिटमा विजय हासिल गर्दा ३ मा अग्रता कायमै छ । यस्तै पछिपछि रहेको माओवादीले ६ सिटमै जितेपछि अग्रता २ स्थानमा मात्रै छ । यस्तै सुदूरपश्चिम प्रदेशमा माओवादीको अग्रता छ । माओवादीले ७ सिटमा जित हासिल गर्दा एकमा अग्रता छ ।