तेह्रथुम–१ मा कांग्रेस नेत्री गुरुङ विजयी

तु खबर संवाददाता
२०७९ मंसिर १०, शनिबार ०९:३५

तेह्रथुम । तेह्रथुम निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छिन् । निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार ७०२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् ।

त्यसैगरी, एमालेका विजय सुब्बाले १८ हजार छ सय २३ मत प्राप्त गरे । उनीहरुबीच १ हजार ७९ मतान्तर रहेको छ । सो क्षेत्रमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न पार्टीबाट १० उम्मेदवार रहेका थिए । मञ्चका विष्णुकुमार चोङवाङ ७२३ मत प्राप्त गरी तेस्रो भएका छन् ।